१९ बैशाख २०८१, बुधबार । May 2, 2024

Breaking

रुस-युक्रेन युद्धदेखि विश्वव्यापी आर्थिक संकट : जी-२० शिखर सम्मेलनको एजेण्डा



जी–२० शिखर सम्मेलनको आजबाट इन्डोनेसियाको बालीमा सरु हुदैछ ।
यो सम्मेलनको मुख्य एजेण्डा खाद्य र ऊर्जा सुरक्षा, स्वास्थ्य र डिजिटल रूपान्तरण। विश्व अर्थतन्त्र, कृषि, मौसम र जलवायु परिवर्तन भनिएपनि युक्रेन–रुस युद्ध र त्यसले विश्वमा पारेको विषयले राम्रै स्पेस पाउन अन्तर्राष्टिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

आइतबार मात्रै बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले यस पटकको जी–२० सम्मेलन अलि फरक हुने बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गर्ने र नौ महिनासम्म युद्ध जारी राख्ने निर्णयप्रति बेलायतले प्रतिक्रिया दिनेछ।
सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीका, अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री ऋषि सुनक जस्ता विश्वका प्रभावशाली नेताहरु सहभागी हुनेछन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विशेष कारणले सम्मेलनमा सहभागी हुन नपाउने भएका छन् । उनको सट्टा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ सहभागी हुने बताइएको छ ।

जी–२० सम्मेलनका सदस्य राष्ट्रहरूमा भारत, अमेरिका, रुस, जर्मनी, अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, बेलायत,फ्रान्स, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की रहेका छन् ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार ००:००