१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Breaking

संविधान माथि अझै खतरा रहेकाले गठबंधन स् सहरी मन्त्री चौधरी



सिमरा । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबंधन आवस्यक रहेको बताएका छन् ।
बुधबार सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने, काङ्ग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए संविधान जोगाउन मिल्नुपरेको छ । अझ बलियो एकता बनाउनु पर्ने छ । निर्वाचन पछि थप दल पनि एकतामा आउनेछन्।
ूकिसान श्रेष्ठले मापदण्ड अनुसार तनहुँ छोडनु पर्ने होइन तर पनि रामचन्द्र पौडेलज्युका लागि उहाँ बारा -४ को उम्मेदवार बन्ने स्थिति बन्दै छ । जसले निर्वाचन क्षेत्र हेर्न सक्छ, देश हेर्न सक्छ, त्यसलाई हेर्नुपर्छ । अब जात, धर्म र समुदाय मात्रै हेर्ने होइन । जनताले यो कुरा बुझिसकेका छन् ।ू मन्त्री चौधरीले थपे ।
राम्रो मान्छे , दृष्टिकोण भएको मान्छे , पैसा देख्दा र्याल नचुहाउने किसान श्रेष्ठलाई जिताउने गरि प्रचारमा लाग्न मन्त्री चौधरीले निर्देशन दिए ।

एमालेले जिते यो प्रणाली नै समाप्त हुने भन्दै देउवाले नचाहदा नचाहदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो । ओलि घमण्ड , कुबुद्धि र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले बताए ।
गढिमाइ मन्दिरको निरीक्षण, साना किसान कृषि सहकारी सिमराको वार्सिक कार्यक्रमलाई सम्बोधन गर्नुका साथै मन्त्री चौधरीले कार्यकर्ता भेटघाट पनि गरेका थिए ।

प्रकाशित : ३० भाद्र २०७९, बिहिबार ००:००