१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

लगानीको अवसर : खप्तड लघुवित्त आईपीओ खुल्यो



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबारदेखि (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता सेयर निष्काशन गनेए अनुमति पाएको छ ।

जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी लागि छुट्याइएको छ ।

एक लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणका लागि आवेदन माग गरेको छ ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार ००:००