१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Breaking

जापानका पूर्वप्रधानमन्त्री आबेको सम्झनामा शोकसभा



काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सम्झनामा नेपालमा पनि शोक सभा सम्पन्न भएको छ ।
विश्व सम्पदासूचीमा सूचीकृत बौद्धस्तुप परिसमार आयोजित उक्त कार्यक्रम जापानी सुचना केन्द्र नेपाल, बौद्धनाथ क्षेत्र विकास समिति, सामुदायिक सेवा केन्द्र तथा प्रहरी केन्द्र सेवा, श्री बौद्ध तामाङ कल्याण गुठी, छोरङान महिला समाज, महिला वातावरण समूह, चारुमति बुद्ध विहार लगायत विभिन्न संघसंस्थाको सहकार्यमा मंगलबार बेलुका ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गरिएको हो ।
जापानी सूचना केन्द्रका अध्यक्ष मदनकृष्ण सिलवालले अनौपचारिक रुपमा सञ्चालित उक्त कार्यक्रममा अतिथिहरूले सामुहिक रुपमा पूर्व प्रधानमन्त्री ओबेप्रति एक मिनेट मौनधारण दिप प्रज्वलन गर्नुका साथै आबेको तस्बिरमा माल्यार्पण गरी श्रद्धासुमन प्रकट गरेका थिए ।

श्रद्धासमुन प्रकट गर्नेहरूमा पूर्वमन्त्री कमल चौलागाईं, जापानका लागि नेपाली पुर्व राजदुत डा. गणेश योञ्जन, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, बौद्धनाथ क्षेत्र विकास कोषका अध्यक्ष राजकुमार लामा, चारुमति विहारका प्रमुख तपस्वी धम्र्म, सामुदायिक सेवा केन्द्रका अध्यक्ष वीर बहादुर लामा, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, उपप्रशासकीय अधिकृत रामशरण बोहरा, बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्कजित लामा, बौद्ध एकल महिला समुहका अध्यक्ष सतिला लामा, नेपाल सेतोकान कराते संघका अध्यक्ष हेमकुमार श्रेष्ठ, छोराङान महिला समाजका अध्यक्ष माया थिङ, जापानी सूचना केन्द्र, नेपालका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, महिला वातावरण समुह सचिव मुना न्यौपाने, छोरङान महिला समाजका सचिव सृजना लामा, सल्लाहकार माया डोल्मा लामालगायत रहेका छन् ।

पूर्वराजदुत गणेश योञ्जनले नेपाल र जापानको सम्बन्ध प्रगाढ बनाउन आबेले ठुलो भुमिका खेलेको स्मरण गर्दै आबेको मायालु व्यवहार रहेको धारणा व्यक्त गर्नुभयो । त्यस्तै, सभामा बोल्दै बौद्धनाथ क्षेत्र विकास कोषका अध्यक्ष राजकुमार लामाले पूर्वप्रधानमन्त्री आबेको निधनले मर्माहित बनाएको र सोही सभामार्फत् उहाँको चिर शान्तिको कामना व्यक्त गर्नुभयो ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार ००:००