१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Breaking

नागरिकता विधेयक आज ल्याउने तयारीमा सरकार



काठमाडौं । सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक आज ल्याउने तयारी गरेको छ । संसदमा विचाराधिन नागरिकतासम्बन्धि पुरानो विधेयक मगलबारको मन्त्रिपरिषद बैठकले फिर्ता लिने निर्णय गरेको थियोे ।
२०७५ सालदेखि संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गर्न लागेको सरकार द्रुतमार्गबाट पास गर्ने तयारीमा छ ।

विदेशी महिलालाई नेपाली पुरुषले विवाह गरेर ल्याउदा तुरुन्तै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विवाद छ ।

तत्कालीन (नेकपा) नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल परिचयपत्र दिने र ७ वर्षपछि नागरिकता दिने पक्षमा थियोे । अाफु बहुमत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा यो प्रावधान पास पनि गरेको थियो ।
त्यतिबेला नेपाली कांग्रेस लगायलका दल तत्कालै नागरिकता दिने हाल कायम रहेको व्यवस्थाको पक्ष थिए ।
७ बर्षपछि नागरिकता दिने प्रावधान स्विकार्ने पक्षमा सरकार नरहेपछि पुरानो विधेयक नै फिर्ता लियो ।

सत्ता गठबन्धन बीच सहमति जुटाएर नयाँ विधेयक ल्याउने बताईएक‍ो छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार ००:००