२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

Breaking

रामेछापमा बस दुर्घटना हुदाँ नौ जनाको मृत्यु, २३ घाइते



रामेछाप । रामेछापबाट काठमाडौँ आउँदै गरेको यात्रु वाहक बस दुर्घना हुदाँ नौ जनाको मृत्यु भएको छ । बा ३ ख ८३९६ नम्बरको बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।

पाँच पुरुष र चार महिला रहेका तर पहिचान नखुलेको जनाइएको छ । उक्त दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिनुभयो ।

आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । बस सडकबाट झन्डै ३०÷३५ मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित : २१ असार २०७९, मंगलबार ००:००