१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Breaking

६६० भन्सार एजेन्ट थपिए



काठमाण्डौ । छ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर भन्सार विभागले नयाँ एजेन्टको नामावली प्रकाशित गरेको छ ।

परिक्षामा सहभागी ८५७ जनामध्येबाट अन्तर्वार्तामा उत्तीर्ण एजेन्टको अन्तिम नामावाली विभागले बुधबार सार्वजनिक गरेको हो ।

एजेन्टका लागि गत वैशाख १७ गते लिखित परिक्षा भएको थियो । लोकसेवा आयोगमार्फत सञ्चालन गरिएको परिक्षामा ८५७ जना सहभागी भएका थिए । असार ५ गतेदेखि १३ गतेसम्म मौखिक अन्तर्वार्ता सञ्चालन भएको थियो ।

पुरा नतिजा हेर्नुहोस

प्रकाशित : १६ असार २०७९, बिहिबार ००:००