४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Uncategorized

धनुषामा बालक अपहरण, बुबा र मामा पक्राउ



काठमाडौं। छोराको अपहरण आरोपमा धनुषा प्रहरीले बुबा र उनका मामालाई पक्राउ गरेको छ।

सात वर्षीय छोरा चन्दन दासलाई अपहरण गरेको आरोपमा उनका बुबा रमेश र मामा लक्ष्ेश्वर दासलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

उनीहरूको घर नगइराइन नगरपालिका वडा नम्बर – ६ मा पर्छ।

चन्दन हिजो दिउँसो हराएका थिए। साँझ उनका आमालाई नचिनेका मान्छेले फोन गरेर चन्दन अपहरणमा परेको र फिरौती एक करोड ल्याउन भनेपछि हराएका भनिएका चन्दन अपहरणमा परेको खुलेको थियो।

त्यसपछि प्रहरीलाई उद्दारका लागि पीडित परिवारले जानकारी गराएका २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाइले बताए।

खबर लगत्तै खटिएको प्रहरी टोलीले बालकलाई जनकपुरधामस्थित एक होटलबाट उद्धार गरेको हो।

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार ००:००