४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Uncategorized

निर्वाचन सुरक्षा, बन्दोवस्ती र बजेटमा कमी हुन नदिने प्रधानमन्त्रीको भनाइ



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियासँग निर्वाचनको तयारीबारे जानकारी लिएका छन्।

प्रतिनिधि सभाको घोषित निर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री ओली मंगलबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिएका हुन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रधानमन्त्री ओलीलाई सरकारले आगामी बैशाख १७ र २७ गते तोकेको मितिमा निर्वाचन गर्न आयोग तयार रहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

“पुस ५ गते नै सरकारकातर्फबाट प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई प्रतिनिधि सभाको बैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनबारे तयारी गर्न निर्देशन दिनु भएको थियो, त्यसको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग जानकारी लिनुभयो र प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन तोकिएकै मितिमा गर्ने गरी तयारी भइरहेको बताउनु भएको छ”, थापाले भने।

उनका अनुसार निर्वाचन सुरक्षाको बन्दोवस्ती, बजेट लगायत विषयमा कुनै कमजोरी हुन नदिने पनि प्रधानमन्त्री ओलीले बताएका छन्।

सरकारले गत पुस ५ गते ताजा जनादेशका लागि भन्दै प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको थियो।

प्रकाशित : २७ माघ २०७७, मंगलबार ००:००