५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

प्रदेश सरकारको पक्षमा उभिने कि विपक्षमा ? कांग्रेस भित्र चर्को विवाद



काठमाडौं ७ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको विभाजनसंगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र अन्तरविरोध सुरु भएको छ । बागमती प्रदेश र प्रदेश नं. १ मा नेकपाका अर्को समूहले अविश्वासको प्रस्ताव ल्याएपछि समर्थन गर्ने कि विपक्षमा उभिने भन्नेमा कांग्रेस भित्रको देउवा पक्ष र पौडेल पक्षबीच मतभेद छ ।
आजबाट दुवै प्रदेशमा प्रदेशसभाको हिउँदे अधिवेशन सूरु हुदैछ । केहिदिनमै अविस्वासको प्रस्तावमाथी मतदान हुनेछ । नेकपा भित्रको ओली प्रचण्ड दुवै समूहसंग बहुमत नभएकाले कांग्रेस जता उभियो त्यतै बहुमत पुग्ने स्थिति छ । तर कांग्रेसले अधिवेशन हुनेदिनसम्म ठोस निर्णय लिन सकेको छैन ।
कांग्रेस प्रदेश संसदीय दलको बैठकहरु भइरहेपनि केन्द्रको निर्णय कुरेर बसेका छन् ।
देउवा ओली समूहलाई सघाउने पक्षमा छन् । तर पौडेल पक्ष कांग्रेस प्रमुख प्रतिपक्षी दल भएकाले जस्ले अविस्वासको प्रस्ताव ल्याएपनि त्यसको पक्षमा उभिनु धर्म भएको बताउँदै आएका छन् ।
मंगलबार देउवा पौडेल निवास पुगेरै प्रदेशको विषयमा प्रदेशलाई नै निर्णय गर्न दिने प्रस्ताव राखेका थिए । तर पौडेलले प्रदेशलाई अधिकार दिदा सात प्रदेशमा सातै किसिम निर्णय हुन सक्ने जवाफ दिएका थिए ।
पार्टीमा आएको विभाजनसंगै प्रदेश नं. १ का मुख्यमत्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफ्नै पार्टीको अर्को समूहले ल्याएको अविश्वासको प्रस्ताव सामना गर्ने ठाउँमा आइपुगेका छन् ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००