१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

‘चरी’को जस्तै आफूहरुको समूह रहेको दाबी गर्दै २५ लाख माग्ने टोली पक्राउ


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । धम्की र रकम असुलीमा प्रवेश गर्ने प्रयासमा रहेको किशोरहरुको समूहलाई अपराध महाशाखाले पक्राउ गरि थप अनुसन्धान थालेको छ ।
प्रहरी मुठभेडमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को जस्तै आफूहरुको समूह रहेको दाबी गर्दै २५ लाख माग्ने टोली पक्राउ परेको प्रहरीले जनाएको छ ।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा दोलखा घर भइ असन बस्दै आएका १९ वर्षीय प्रदीप कार्की, सुरज भण्डारी र दोलखा घर भइ काँडाघारी बस्दै आएका २१ वर्षीय किरण कार्की छन् ।
पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको महाशाखाका प्रमुख एसएसपी दिपक थापा बताउँछन् ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००