१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्यवृद्धि गर्यो


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेलरमट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य अहिलेलाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००