८ श्रावण २०८१, मंगलबार । July 23, 2024

मनोरञ्जन

अनलाइन जोक्स प्रतियोगिता हुदै , बुद्धि तामाङ जर्ज बन्दै


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’को आयोजना सुरु गरिएको छ । रिदम स्क्रिनको प्रस्तुतिमा भैरहेको यो कार्यक्रमको आयोजना अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियाशिल संगीतकर्मीहरुले गरेका हुन् ।

कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि व्यक्तिले रमाइलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निशुल्क फाराम भर्न सक्ने कताइएको छ ।चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्ने व्यक्तिहरुका लागि यो प्रतियोगीता आयोजना गरिएको छ । यो कार्यक्रमको निर्णायकहरुमा कलाकार वुद्दि तामाङ, हाँस्य कलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी छन् ।कार्यक्रममा प्रथम हुने विजेताले ३ हजार डलर, दोश्रो हुनेले २ हजार र तेश्रो हुनेले १ हजार डलर नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । जनवरी ८ देखि फेब्रुअरी २८ सम्म प्रतियोगीतामा सहभागी हुनका लागि आवेदन दिन सकिन्छ ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००