८ श्रावण २०८१, मंगलबार । July 23, 2024

समाचार

प्रचण्ड–माधव समूहका नेताहरुले स्पस्टिकरण सोध्ने निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाए


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको जानकारि प्राप्त भएको छ ।

संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
त्यही निर्णयको पत्र लिएर नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव बालुवाटार पुगेका हुन् । बालुवाटारमा पत्र बुझाएको जानकारि प्राप्त भएको छ ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००