७ श्रावण २०८१, सोमबार । July 22, 2024

समाचार

नयाँ प्रकारको कोरोना नेपालमा देखिएको पुष्टि सावधानी अपनाउन चेतावनी


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । कोरोनाको नयाँ प्रकार देखिनेहरूमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुष रहेका छन् । लक्षण नदेखिएका उनीहरूमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको र एक जना आइसोलेशनमै रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारि दिएको छ ।
कोरोना भाइरसको नयाँ प्रकार नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । पुसको पहिलो हप्ता बेलायतबाट नेपाल आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
बेलायतबाट आएका ६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उनीहरूको नमुना जिन सिक्वेन्सिङ गर्न पुस २७ गते हङकङ प्रयोगशालामा पठाएकोमा उनीहरूमध्ये तीन जनामा कोरोनाको नयाँ प्रकार भएको पुष्टि भएको गौतमले जानकारि दिएका छन् ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००