१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मनोरञ्जन

नयाँ चलचित्र बनाउँदै माधव वाग्ले


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । केही वर्षदेखि नेपाली फिल्म वृत्तमा ‘पारस’ निर्माण हुने र फिल्मलाई निर्माता माधव वाग्लेले निर्देशन गर्ने खबरले बजार तताउँदै आएको थियो ।

माधव वाग्लेको डेब्यु निर्देशन रहने भएकाले पनि फिल्मलाई चासोका साथ हेरिएको थियो । भुवन केसीले फिल्मको कथा नै तोडमोड गरेपछि आफूले हात झिकेको वाग्लेले बताएका छन् ।
उनका अनुसार अब बन्ने फिल्म सामाजिक कथामा आधारित हुनेछ ।फिल्मको नाम र कलाकारबारे उनले बताएनन् ।
निर्माता वाग्लेले पत्रकार सम्मेलन गरेर फिल्मको घोषणा गर्ने तयारी थालेका छन् ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००