१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गर्यो


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ ।

आइतवार प्राधिकरणको जुम्ला वितरण केन्द्रले सार्वजनिक गरेको तालिका अनुसार जुम्लाको टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल क्षेत्रमा रातिको १२ बजेबाट बिहान १२स्३० बजेसम्म र राति साढे ९ बजेदेखि राति १२ बजेसम्म लोडसेडिङ हुने भएको छ ।विजयनगर ठूलो, विजयनगर सानो, बोहोरा गाउँ र बसपार्क क्षेत्रमा बिहान साँढे १२ बजेदेखि राति साँढे ९ बजेसम्म लोडसेडिङ हुने भएको छ ।
प्राधिकरणका अनुसार प्रत्येक हप्ता समूह तालिका परिवर्तन हुनेछ । त्यस्तै हरेक दिन विहान २ बजेदेखि ५ बजेसम्म र ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि र ६ बजेसम्म पावरहाउस बन्द भएको हो ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००