१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Uncategorized

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएर फरार ३ जना पक्राउ


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेपछि भागेका विभिन्न ठाउँका तीन जना पक्राउ परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका १४ का रामबहादुर अधिकारी, काठमाण्डौको चन्द्रागिरि नगरपालिका २ का सुवास थापा र गोरखाको गण्डकी गाउँपालिका २ का विष्णु अंगाई पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले जानकारि दिएको छ । पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा पठाइएको जानकारी प्राप्त भएको छ ।

नबिल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न रकमका खाली चेक दिएर बैंकिङ कसुर गरेको उनीहरूमाथि आरोप छ । उच्च अदालत पाटनले चितवनका अधिकारीलाई दुई करोड ३२ लाख रुपैयाँ जरिबानासहित ५५ दिन कैद फैसला गरेको थियो ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००