९ श्रावण २०८१, बुधबार । July 24, 2024

समाचार

पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याएका हुन् ।
दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । अब मन्त्री सरहको सेवा सुविधा पाउने गरी दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् ।
देशको अर्थतन्त्रलाई माथि उकास्ने र सरकार निजी क्षेत्रलाई जोडेर देशलाई समृद्धिको दिशामा लैजाने गरी प्रधानमन्त्रीको टिममा रहेर काम गर्ने दुगडले बताएका छन् ।

विराटनगरमा जन्मेका दुगड सन् १९८४ देखि उद्योगधन्दामा छन् । उनका बुवा हरि सिंहले तेल उद्योग स्थापना गरेका थिए । पछि उनी आफैंले सेञ्चुरी मसला उद्योगको स्थापना गरेका हुन् । बिराटनगरमा नै उनले चारतारे ह्यारिसन होटल पनि चलाएका छन् । दुगडका केही उत्पादनमूलक उद्योग पनि छन् ।
लामो समय व्यापार व्यवसायमै व्यस्त रहेका दुगड करिब एक दशकदेखि राजनीतिमा लागेका हुन् । तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको प्रेरणाले राजनीतिमा लागेको उनी बताउने गर्छन् ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००