६ श्रावण २०८१, आइतबार । July 22, 2024

Uncategorized

पानी नपर्दासम्म देशभरको मौसम सफा नहुने


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । पानी नपर्दासम्म देशभरको मौसम सफा नहुने मौसमविद्ले बताएका छन् ।
मौसमविद् मञ्जु बासीकाअनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले मौसम सफा हुन अझै केही दिन लाग्ने बताइएको छ । बंगलादेश आसपासमा बनेको न्यूनचापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि यसको प्रभाव नगन्यरुपमा मात्रै रहने उहाँले बताएकी छिन् । पानी परेपछि मात्रै मौसम सफा हुने भएकाले केही दिन यो सम्भावना कम देखिएको मौसमविद्को भनाइ रहेको छ

तराईमा बाक्लो हुस्सु लागे पनि यसलाई शीतलहर भन्न नमिल्ने मौसमविद् बासीले बताउनुभयो । बाक्लो हुस्सुका कारण विगत केहि समयदेखि तराइमा हुने कतिपय हवाई उडान प्रभावित हुदैँ आएका छन् ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००