७ श्रावण २०८१, सोमबार । July 22, 2024

मनोरञ्जन

आर्यन र उपसनाको नयाँ चलचित्र


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । चलचित्र ‘डिसेम्बर फल्स’को शुभसाइत गरिएको छ । आइतबार पोखराको बिन्दवासिनी मन्दिरमा चलचित्रको शुभसाइन समारोह आयोजना गरिएको हो । मन्दिरमा पुजा गर्दै शुभसाइत गरिएको चलचित्रको छायांकन सोमबारदेखि सुरु हुने भएको छ ।

चलचित्रको अष्ट्रेलियाको प्रदर्शन अधिकार पनि विक्री गरिएको छ । एजुकेसन एन्ड माइग्रेसन कर्नरले यो चलचित्रको अष्ट्रेलिया प्रदर्शनको अधिकार किनेको बताइएको छ । चलचित्रको युटुब राइट्स पनि विक्री भएको निर्माता रामप्रसाद रिजालले जानकारी दिएका छन् । चलचित्रका कलाकार, बिषयवस्तु र टिम राम्रो लागेकाले अष्ट्रेलियाको प्रदर्शन अधिकार किनेको एजुकेसन एन्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले बताएका छन् ।

प्रबिण झाको निर्देशनमा रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेको यो चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सुमन थापा, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराइ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००