५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

International

अर्बपति बिल गेट्स अब अमेरिकाकै सबैभन्दा ठूला किसान


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । केही वर्षअघि विश्वकै सबैभन्दा धनी व्यवसायी रहेका अमेरिकी अर्बपति बिल गेट्स अब अमेरिकाकै सबैभन्दा ठूला किसान बनेका छन् । माइक्रोसफटका सह–संस्थापक गेट्सले खरिद गरेको खेती गर्ने जमिन २ लाख ४२ हजार एकड पुगेको छ । यससँगै उनी अमेरिकाकै सबैभन्दा ठूला किसान बनेका हुन् । न्यूजवीकका अनुसार गेट्सको खेतीयोग्य जमिन क्यालिफोर्निया, इलिनोइस, लोवा, लुसियाना र १५ अन्य राज्यहरुमा छ ।
२०१७ मा खेतीयोग्य जमिन किन्नका लागि गेट्सले ५२० मिलियन खर्च गरेका थिए । त्यतिबेला उनले क्यानडा पेन्सन प्लान इन्भेस्टमेन्ट बोर्डको स्वामित्वमा रहेको जमिन किनेका थिए । अहिले गेट्सको स्वामित्वमा एरिजोना, अर्कान्सस, क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, इडाहो, इलिनोइस, लोवा, लुसियाना, मिसिसिपी, नेब्रास्का, न्यू मेक्सिको, नर्थ क्यारोलिना, वाशिङटन, विस्कन्सिन र व्योमिङमा खेतीयोग्य जमिन छ । उनका सबैभन्दा ठूला ५ खेतीयोग्य जमिन प्लटहरुमध्ये लुसियानामा ६९ हजार ७१ एकड, अर्कान्ससमा ४७ हजार ९२७ एकड, एरिजोनामा २५ हजार ७५० एकड, नेब्रास्कामा २० हजार ५८८ एकड र नेब्रास्कामा १४ हजार ८२८ एकड छ ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००