१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Uncategorized

सामाजिक संजालबाट एक करोड बढीको ठगि


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । सामाजिक सञ्जालबाट ठगी गरेको कसुरमा प्रहरीले ठगी गिरोहका दुई जनालाइ पक्राउ गरेको छ। आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गर्दै फेसबुक र ह्वाट्सएपबाट ठगी गरेको उजुरीको आधारमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहामैनपुरका प्रमोद साहलाई पर्साबाट र पर्सा जिल्ला बहुदरमाइका मेवालाल साहलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो।
पत्रकार सम्मेलनमा प्रहरी परिसर लतिपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किरण बज्राचार्यले ठगी गर्ने गिरोह धेरै ठूलो हुनसक्ने प्रारम्भिक अध्यनबाट देखिएको बताएकी छिन् ।
उनले पक्राउ परेका व्यक्तिको गिरोहले ९ जना व्यक्तिसँग एक करोड बढी ठगी गरेको अनुसन्धानमा खुलेको बताइन्।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००