१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Uncategorized

निर्वाचन आयोगले आउदो चुनावबारे दलहरुसंग गर्यो छलफल


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । निर्वाचन आयोगले घोषित चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग आइतबार छलफल गरेको छ । छलफलका क्रममा आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने एवम् १६ र १७ गते त्रुटि भए सच्याउन निवेदन दिन लगाउने प्रस्ताव गरेको छ ।

आउँदो वैशाख १७ र १७ गते मध्यावधिक चुनावको घोषणा भएकाले त्यसबारे छलफल गर्न आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा मतदान केन्द्रबारे पनि छलफल भएको राजनीतिक दलका प्रतिनिधिहरूले बताएका छन् । छलफलमा सहभागी नेकपाको दाहाल–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले छलफलमा मतदाता नामावली प्रकाशन, त्रुटि सच्याउन निवेदन दिने, मतदान केन्द्रलगायतबारे छलफल भएको तर अहिले चुनाव हुने अवस्था नरहेकाले चुनावको नाममा अनावश्यक खर्च नगर्न सुझाव दिएको बताएका हुन् ।
आउँदो वैशाख १७ र २७ गते मध्यावधिक चुनाव गर्ने घोषणासहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेलगत्तै आयोग चुनावको तयारीमा जुटेको छ ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००