१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

उपत्यकाका विद्यालय पनि आजबाट संचालनमा


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । काठमाण्डौ उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु हुने भएको छ ।
कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका बताइएको छ । ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकासहित ललितपुरका पालिकाहरुले विद्यालय खोल्न अनुमती दिइसकेका छन् ।

काठमाण्डौमा पनि यहि हप्तादेखि विद्यालय खोल्ने गरी तयारी भएको महानगरपालिकाले जनाएको छ ।जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेले सङ्क्रमण पूर्ण रूपमा हट्न नसकेकोले शिक्षक बिद्यार्थीले स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्रै कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००