१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

केटु हिमालको शिखरमा नेपाली नयाँ इतिहास


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं ४ माघ । सुरुमा तीन ओटा समूहमा विभाजित पर्वतारोहीहरू अन्तिममा एकसाथ शिखरमा पुगेका थिए । नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास कायम गरेका छन् ।
बिश्वको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमाल मात्र हिउँदमा आरोहण हुन सकेको थिएन ।

नेपालका निर्मल, निम्सदाइ, पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५ ,४५ बजे (स्थानीय समयअनुसार ५ बजे) ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका हुन् ।दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेका छन् ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००