५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

International

अमेरिकाले सबै राज्यमा सुरक्षा सतर्कता बढायो


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । अमेरिकाले ५० वटै राज्यहरुमा सुरक्षा सतर्कता बढाएको बिबिसीले उल्लेख गरेको छ । आउँदो बुधबार हुने राष्ट्रपतिको सपथ कार्यक्रममा हुन सक्ने सम्भावित हिंसा रोक्न भन्दै सवे राज्यहरुमा उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले यसअघि संसद भवनमै आक्रमण गरेका र फेरि पनि आक्रमणहरु हुनसक्ने खतरा रहेको कारण सैनिक परिचालन गरेर सतर्कता अपनाएको खबरमा बताइएको छ ।सबै राज्यका संसद भवनअघि ट्रम्प समर्थकहरुले प्रदर्शन गर्ने सूचना आएको भन्दै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको खबरमा उल्लेख छ ।
राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले बुधबार शपथ लिँदै छन् तर ट्रम्पले भने हार स्विकार गरेका छैनन् ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००