८ श्रावण २०८१, मंगलबार । July 23, 2024

समाचार

मिस मंगोल ज्याङ्मु संग विहे गर्दै मुख्यमन्त्री राई


३ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ ३ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा लगनगाँठो कस्ने भएका छन् । मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गरेको छ ।
मुख्यमन्त्री राईको हुनेवाली को हुन् त ? विवाहको प्रशंग आएपछि धेरैलाई कौतुहलता लागेको हुन सक्छ । मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम गोप्य नै राखिएको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्न लागेका हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो । मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ ।। स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेममा थिए ।
‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी थिइन् ।

प्रकाशित : ३ माघ २०७७, शनिबार ००:००