७ श्रावण २०८१, सोमबार । July 23, 2024

समाचार

प्रदीपकुमार ज्ञवाली र राजनाथ सिंह बिच भेटवार्ता


३ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाण्डौ ३ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
आज बिहान रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटबारे भारतीय रक्षामन्त्री सिंहले ट्वीट गरेका छन् । भारतको नेपालसँगको सम्बन्ध सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिक तहबाटै अघि बढेको ट्वीटमा उल्लेख छ ।

दिल्लीमा हिजो भएको परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमाबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पुर्‍याउने सिमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्ने नेपालको चाहना रहेको पनि बताइएको छ ।

प्रकाशित : ३ माघ २०७७, शनिबार ००:००