१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

फसाउन खोजेको आरोपमा २ युवती पक्राउ


३ माघ २०७७, शनिबार ००:००

0
Shares

आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरीले २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वषिर्या युवती २८ पुसमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् ।
चन्द्रनिगाहपुरको दुई तल्ले एक घरमा आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले आरोपितहरुको खोजी सुरु गरेको थियो । अनुसन्धानका क्रममा युवतीले आरोपितहरुको नाम लिनुका साथै सामाजिक सञ्जालबाट लिइएको तस्वीर पहिचान गरिन ।
आरोपितहरुको मोबाइल लोकेसन हेर्दा घटना भएको भनिएको दिन उनीहरुले सिन्धुली, खुर्कोट र चन्द्रनिगाहपुर गएको देखिएन । प्रहरीलाई युवतीमाथि नै शंका लागेपछि बन्धक बनाएको ठाउँ देखाउन भन्यो, तर उनले सकिनन् ।

जग्गासम्बन्धी मुद्दामा विपक्षी रहेका राम निवास साहसहित ५ जनालाई झुठो मुद्दामा फसाए बापत ६ लाख रुपैयाँ नगद र जागिर समेत दिने भन्ने प्रलोभनमा युवतीले बलात्कारको झुटो मुद्दा लगाएको खुलेको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित : ३ माघ २०७७, शनिबार ००:००