१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

निकुञ्ज क्षेत्रबाट दुई नाल भरुवा बन्दुकसहित पाँचजना पक्राउ


३ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ ३ माघ । शे फोक्ण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई नाल भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । त्रिपुरासुन्दरी नगरपालिका ११ मुह क्षेत्रबाट निकुञ्ज कार्यालयका प्रतिनिधिले स्थानीय प्रहरीको सहयोगमा सोही ठाउँका पाँचजनालाई नियन्त्रणमा लिएका हो ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका ११ मुहका ४५ वर्षीय मनबहादुर बुढा, ३७ वर्षीय चन्द्रप्रसाद बुढा, वडानम्बर ७ पहाडाका ४१ वर्षीय सूर्यबहादुर बुढा, ३० वर्षीय चन्द्र केसी र २१ वर्षीय गोकर्ण बुढा रहेका छन् ।

प्रकाशित : ३ माघ २०७७, शनिबार ००:००