९ श्रावण २०८१, बुधबार । July 24, 2024

Uncategorized

‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक (भिडियो सहित)


३ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ ३ माघ । चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गर्दै ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने भएको छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ ।

डेभिड शंकर र भावना थापाको आवाजमा रहेको उक्त गित १दिनमै दुइलाख भन्दा बढि दर्शकले हेरिसकेका छन् ।भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटीको नृत्य हेर्न सकिन्छ ।
अतिथी कलाकारको रुपमा चलचित्रको यो गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् ।

प्रकाशित : ३ माघ २०७७, शनिबार ००:००