१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

२१ ठाँउमा आज बत्ती नआउने


३ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाण्डौ ३ माघ । आज काठमाण्डौका २१ ठाउँमा बिजुली काटिने भएको छ ।नेपाल विद्युत प्राधिकरणले आज काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको छ ।प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ ठाउँमा विद्युत प्रवाह रोकिने भएको हो ।

हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु, मित्रनगरलगायतका ठाउँमा केही घण्टा बिजुली नआउने भएको हो । मर्मतको काम सकिए लगत्तै बिजुली आपूर्ति हुने पनि प्राधिकरणले जानकारी दिएको छ ।
प्रधाकिरणले यसअघि पनि मर्मतका लागि भन्दै तालिका सार्वजनिक गर्ने गरेको थियो ।

प्रकाशित : ३ माघ २०७७, शनिबार ००:००