७ श्रावण २०८१, सोमबार । July 22, 2024

Uncategorized

अभिनेता वरुण धवन भव्य विहेको तयारि


२ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २ माघ । अभिनेता वरुण धवन र नताशा दलालको विवाहको तयारी चलिरहेको छ । उनीहरुको परिवारले ५ दिनसम्म वैवाहिक समारोह मनाउने तयारी गरिरहेको भारतिय संचार माध्यमले उल्लेख गरेका छन् । यसका लागि साथीभाई र परिवारका सदस्यहरुलाई अनलाइन निमन्त्रणा पनि पठाइसकिएको छ । भारतिय मिडियामा प्रकाशित समाचारअनुसार विवाहको आयोजना २२ देखि २६ जनवरीसम्म अलिवागमा हुँदैछ ।
वरुण र नताशा बाल्यकालदेखि नै एकअर्कासँग परिचित छन् । उनीहरुबीच जून २०१९ मा विवाह हुने चर्चा थियो । त्यसपछि २०२० मा विवाह हुने चर्चा चलेपनि कोरोनाका कारण रद्द भएको थियो । अहिलेसम्म पनि वरुण धवन र नताशाले विवाहका विषयमा औपचारिक रुपमा बताएका छैनन् । उनीहरुले पञ्जावी शैलीमा विवाह गर्दैछन् । दुुईबीच २४ जनवरीमा विवाह हुने भएपनि त्यसको दुुई दिनअघिदेखि नै पार्टी सुरु हुनेछ र २६ जनवरीसम्म चल्नेछ ।
यसका लागि बलिउडका धेरै सेलिब्रेटीहरुलाई निम्तो पठाइसकिएको छ । वरुण धवन २०१० देखि नै फिल्म क्षेत्रमा सक्रिय छन् ।

प्रकाशित : २ माघ २०७७, शुक्रबार ००:००