१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने


२ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं २ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली लगायतले १२ वटै रिटमाथि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गरेका थिए ।प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने आदेश दिएको हो ।

प्रकाशित : २ माघ २०७७, शुक्रबार ००:००