१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित


२ माघ २०७७, शुक्रबार ००:००

0
Shares

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । विगत केहि दिनदेखि उडान अवरुद्ध हुदै आएका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ ।

बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो हटेपछि उडान खुलाइने जानकारि प्राप्त भएको छ ।मौसमविद्का अनुसार अहिले देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको बताएको छ ।

प्रकाशित : २ माघ २०७७, शुक्रबार ००:००