६ श्रावण २०८१, आइतबार । July 22, 2024

समाचार

सिमाको विषयमा छलफल नहुने भारतको संकेत


२ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं २ माघ । नेपाल, भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीमा आजबाट सुरु सुरु हुने भएको छ । बैठक हैदरावाद हाउसमा बिहान ११ः३० बजे सुरु हुने हो । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्ने भएका छन् ।
तीन दिनसम्म चल्ने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार नै नयाँदिल्ली गएका थिए । परराष्ट्रमन्त्री ज्ञवाली भारतमा जानुभन्दा अगाडि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीमासम्बन्धी विषयमा पनि बैठकमा छलफल हुने उल्लेख थियो । भारतले सो सीमा सम्बन्धी विषयमा छलफल नगर्ने संकेत गरेको छ ।

प्रकाशित : २ माघ २०७७, शुक्रबार ००:००