१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Uncategorized

शुसान्त सिंहको यस्तो लेख सार्वजनिक


२ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २ माघ । बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको ७ महिना भयो । गतबर्षको जुन १४ मा सुशान्तको शव उनकै अपार्टमेन्टमा भेटिएको थियो ।त्यसपछि, सुशान्तको निधनको बिषयमा थुप्रै अड्कलकाजीहरु लगाइएको थियो ।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले केही महिना जेल जीवन पनि बिताएकी थिइन् । सुशान्तको परिवार र उनको फ्यानहरुले उनले आत्महत्या गरेको नभई उनको हत्या भएको भन्दै छानविनको माग गरेका थिए ।
सुशान्तले आत्महत्या किन गरे भन्ने वास्तविकता खुलेको छैन । यसैविच, उनको निधन भएको ७ महिनापछि उनकी बहिनी श्वेता सिंह किर्तीले उनले लेखेको हस्तलिखित एक पत्र सार्वजनिक गरेकी छिन् । सुशान्तले लेखेको सो पत्रमा उनले जिन्दगीको वास्तविक खेलको बिषयमा कुरा गरेका छन् ।

प्रकाशित : २ माघ २०७७, शुक्रबार ००:००