२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

समाचार

घरायसी झगडामा बाबुले घरमा आगो लगाए, २ छोराको जलेर मृत्यु


२९ पुस २०७७, बुधबार ००:००

0
Shares

पुस, २९ कालीकोटं । कालीकोटमा घरायसी झगडामा बाबुले घरम आगो लगाउँदा ३ छोराको जलेर मृत्यु भएको छ ।

जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर ७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर आज मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेका जनाइएको छ ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय छोरा गणेश र ७ वर्षीय छोरा मनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

तस्वीर : सांकेतिक

प्रकाशित : २९ पुस २०७७, बुधबार ००:००