६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

समाचार

सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण क्रममा राप्रपाको -यालीमाथि दमन


२७ पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना अध्यक्ष पशुपति शम्शेर जबराले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा राजधानी काठमाडौंमा आज निकालिएको ¥यालीमाथि प्रहरी दमन भएको भन्दै त्यसको विरोध गरेका छन् ।

जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममादमन गरेर सरकारले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै कडा शब्दमा भत्र्सना गरेका छन् ।

उनले प्रहरी दमनलाई अन्याय, अत्याचार र लोकतान्त्रिक पद्दतिको विरुद्धको कार्य भएको बताए ।

स्वतन्त्र प्रजातान्त्रिक शक्तिलाई दमन गर्ने जुन काम नटिक्ने बताए । “यस्तो दमन टिक्न पनि टिक्दैन, चल्न पनि चल्दैन र हामी आफ्नो अभियान अगाडि सारी राष्ट्रियता, मुलुकको सम्पूर्ण अखण्डतालाई कायम गर्न राप्रपा अगाडि बढ्छ ।” अध्यक्ष राणाले प्रदर्शनपछि थापागाउँस्थित अर्पण बैंक्वेटमा पत्रकारहरूसँग बताए ।
उनले राप्रपाले लोकतन्त्रमाथिको दमन सहन नसक्ने उल्लेख गर ।

राप्रपाले आज भद्रकाली हुँदै सिंहदरबारसम्म ¥याली निकालेको थियो। सो क्रममा सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न अगाडि बढेका ¥यालीमा प्रहरीले दमन गरेको थियो।

फरक प्रसङ्गमा, अध्यक्ष राणाले मुलुक हिन्दूराष्ट्र हुनैपर्ने र राष्ट्र प्रमुखका लागि राजसंस्था नै ल्याउनुपर्ने बताए।

राजसंस्था चाहिँ आलङ्कारिक रूपमा हुनुपर्ने उनको धारणा छ। जुन लोकतन्त्र सफल पार्न र प्रजातन्त्रलाई दीगो पार्न आवश्यक रहेको बताए।

प्रकाशित : २७ पुस २०७७, सोमबार ००:००