नायक ऋतिक रोशनले चलचित्र ‘वार’ पछि नयाँ चलचित्र साइन गरेका छैनन् । गतबर्षको सर्वाधिक कमाई गर्न सफल चलचित्र ‘वार’का नायक रोशनलाई दर्शकले फेरि पनि एक्सन अवतारमै हेर्न चाहिरहेका छन् । चलचित्र ‘वार’का निर्देशक सिद्धार्थ आनन्दले ऋतिकको साथमा चलचित्र ‘फाइटर’ बनाउने पक्का भएको छ ।
चलचित्रमा नायक ऋतिक रोशनसँग नायिका दीपिका पादुकोणले काम गर्ने पनि पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।मिडियामा दीपिका र ऋतिकले काम गर्न लागेको चर्चा चलेको त लामो समय भैसकेको छ ।
प्रतिक्रिया