८ जेष्ठ २०८१, मंगलबार । May 21, 2024

समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२६ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २६ पुष । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
दुर्घटनामा प्रदेश ३–०२–०४ प ७३२४ मोटरसाइकलका चालक उदयपुरको लिमचुङबुङ गाउँपालिका–१ घरभई मध्यपुर थिमी–१ लोकन्थली बस्ने २२ वर्षीय मनराज राईको मृत्यु भएको प्रहरीले जानकारि दिएको छ ।मोटरसाइकलमा सवार २४ वर्षीया मनिकला राई घाइते भएकी छन् । शनिबार साँझ भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०२–०४ प ७३२४ नम्बर मोटरसाइकल र सोही दिशामा बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जानकारि दिएको छ ।

घाइते मनराज राईलाई उपचारका लागि केएमसी अस्पताल सिनामङ्गल पुर्‍याइएको र चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिएका छन् । घाइते मनिकलाको पनि सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००