२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मनोरञ्जन

‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुने


२६ पुस २०७७, आइतबार ००:००

0
Shares

मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘लप्पन छप्पन २’ नेपाली, हिंन्दी, तमिल र भोजपुरी गरी चार भाषामा रिलिज हुने भएको निर्माण पक्षले जानकारि दिएको छ । फागुन २७ गतेबाट प्रदर्शको तयारीमा रहेको सिनेमा हाल पोष्ट प्रोडक्सनको काम धमाधम भैरहेको बताइएको छ । निर्देशक भट्टले एक पोस्टर सार्वजनिक गर्दै सिनेमा नेपाली बाहेक अन्य तीन भाषामा रिलिज हुन लागेको जानकारी दिएका छन् ।एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दै छन् ।सिनेमाको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेको रहेको छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता रहेको सिनेमामा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने, सह–निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।
फिल्म निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००