१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृत्यु


२६ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २६ पुष । झापाको केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृत्यु भएको प्रहरीले जनाएको छ । झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृत फेला परेका हुन् । बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा।लि।को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृत अवस्था फेला परेका जिल्ला प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
उनी मृगौला रोगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक कुन्दन देवले बताएका छन् ।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००