१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने तयारी


२६ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं २६ पुस । राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने तयारी सरकारले गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा राष्ट्रियसभा बैठक आजै अन्त्य हुनेबारे संकेत गरेका हुन् ।
प्रधानमन्त्री निवासमा आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००