९ श्रावण २०८१, बुधबार । July 24, 2024

समाचार

चिसोबाट बच्न मौसम विद्को सुझाव


२६ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं । अहिले देशका केहि भू भागमा आंशिक बदलीको अवस्था रहेको छ भने अन्य भू भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । आज नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भू भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १ मा आंशिक बदली रही अन्य भू भागहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००