६ श्रावण २०८१, आइतबार । July 21, 2024

समाचार

धनकुटाका प्रतिनिधि ओली समुहमा


२५ पुस २०७७, शनिबार ००:००

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा आन्तरिक विवाद पश्चात अहिले दुई समूहमा विभाजन भएको सबैलाइ थाहा छ । पार्टीका शिर्ष नेताहरु दुई समूहमा विभाजन भएपछि नेता तथा कार्यकर्ता कता जाने भन्ने विषयमा मतभेद हुँदै आएको देखिएको छ ।
उपाध्यक्ष वामदेव गौतमले पुनः एकीकरणका लागि अपिल गरिरहँदा तटस्थ रहेका नेकपा धनकुटाका राजेन्द्र राईसहित धनकुटाका सबै जनप्रतिनिधि केपी ओली समूहमा खुलेको श्रोतको भनाइ छ। विघटित प्रतिनिधिसभा सदस्यसमेत रहेका राई, प्रदेशसभाका सदस्यहरुसहित जिल्लाका सात वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्दै केपी ओली समूहमा लागेको घोषणा गरेका हुन् ।

प्रकाशित : २५ पुस २०७७, शनिबार ००:००