७ श्रावण २०८१, सोमबार । July 22, 2024

मनोरञ्जन

अनमोल केशिको पारष बाट अलग भए माधव वाग्ले


२४ पुस २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २४ पुष । चलचित्र ‘लुट’का निर्माता माधव वाग्लेले आफै निर्देशन गर्ने गरि चलचित्र ‘पारस’ घोषणा गरेका थिए । चलचित्रका लागि विभिन्न कलाकार फाइनल भएको खबर समेत सार्वजनिक भयो ।पछि चलचित्रको कथा मन परेको भन्दै निर्माता भूवन केसीले माधवसँग सहकार्य अगाडि बढाएका थिए ।
चलचित्रको निर्देशन माधवले नै गर्ने गरि दि सुपर काजोल फिल्मस्ले चलचित्र बनाउने तयारी समेत गरिएको थियो । तर, अब भने चलचित्रबाट माधव वाग्ले अलग भएका छन् ।
चलचित्रको सम्पूर्ण स्वामित्व भूवन केसीलाई दिएर आफू यो प्रोजेक्टबाट अलग भएको निर्माता वाग्लेले अनलाइनखबरलाई जानकारी दिए ।
चलचित्रका लागि नायक भूवन केसीले निर्माता वाग्लेलाई ३० लाख भन्दा बढी रकम दिएको वुझिएको छ । यो चलचित्रमा अब निर्देशक सिमोस सुनवार जोडिएका छन् ।

प्रकाशित : २४ पुस २०७७, शुक्रबार ००:००