५ श्रावण २०८१, शनिबार । July 20, 2024

समाचार

पार्टी एकता तीन वर्षमै विभाजन गर्नु थियो भने एकता किन गर्नुपर्थ्यो ? : वामदेव गौतम


२३ पुस २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा आफु नेकपाभित्रको विभाजनमा आफू कुनै समूहमा नभएको पनि स्पष्ट पारेका छन्। पार्टी एकता तीन वर्षमै विभाजन गर्नु थियो भने एकता किन गर्नुपर्थ्यो ? भन्दै उनले प्रश्न पनि गरे । उनले नेकपा विभाजनको औचित्य नरहेको पनि बताए ।

गौतमले नेकपामा विभाजन रहेको र त्यसबाट आफू दुखी रहेको पनि बताए । गणतन्त्र स्थापना र कम्युनिस्ट पार्टीको एकता गर्ने आफ्नो जीवनको उद्देश्य पूरा भए पनि अहिले नेकपामा विभाजन देखिएको भन्दै उनले भने, “आज म खुसी हुनुपर्ने हो, तर छैन ।”

प्रकाशित : २३ पुस २०७७, बिहिबार ००:००