५ बैशाख २०८१, बुधबार । April 17, 2024

Life Style

चिसोमा यसरी गरौँ छालाको स्याहार




चिसो मौसममा स्वास्थ्यका अनेकन समस्याहरु देखा पर्छन । त्यस मध्ये छालाको समस्या एक प्रमुख समस्या हो । जाडो मौसमको चिसो हावामा नमीको कमी हुने भएकाले छाला सुख्खा हुन्छ । चिसोका कारण कतिपय समय हामीलाई घर बाहिर निस्कन जाँगर चल्दैन । त्यसकारण घरमा बढी समय बिताउँदा, घरभित्रको वातावरणले छालाको प्राकृतिक नरमपन सोसेर छालालाई सुख्खा बनाउँछ । यसबा बाबजुद पनि पनि छालालाई स्वास्थ्य राख्नका साथै प्राकृतिक रुपमै राख्न सकिन्छ ।

साबुनको प्रयोग नगर्ने
चिसो मौसममा साबुनको प्रयोग नगर्नु सबैभन्दा राम््रो हुन्छ । साबुनमा भएको रसायनले मुहारमा लागेको धुलो तथा माटोका कणलाई हटाउनुका साथै मुहारको नरमपन पनि रित्याउँछ । जाडोमा मुहारमा साबुन प्रयोग गर्नु भनेको मुहारको छालाको प्राकृतिक नरमपन रित्याउनु हो । यस्तो समयमा साबुनको साटो नरम खालको क्लीजिङ लोसन वा क्लीजिङ क्रिमको प्रयोग राम्रो हुन्छ ।

मोइस्चराइजर
जाडो मौसममा मोइश्चराइजरका ठूलो महत्व हुन्छ । यसको राम्रोसँग प्रयोग गर्नुपर्छ । जाडो मौसममा प्रयोग गरिने मोइश्चराइजर गर्मीमा प्रयोग गरिनेभन्दा बढी प्रभावकारी हुनुपर्छ । घरमै बनेको प्याक प्रयोग गर्नु राम्रो हुन्छ । त्यसका लागि एक ठूलो चम्चा बदामको तेल प्रयोग गर्न सकिन्छ । यसको प्रयोग दैनिक रूपमा राति सुत्नुभन्दा अघि मुहार, घाटी र हातमा गर्नुपर्छ । छालालाई कान्तिमय तथा कोमल बनाइ राख्न सकिन्छ ।

मृत कोषिका हटाउने
छालाको मृत कोषिकाहरु हटाउन अत्यन्त आवश्यक छ । छाला सुख्खा हुदाँ हामी क्रिम लगाएर सन्तुलित राख्छौ । शरीरमा सुख्खा कोषिकाहरू बन्न थालेपछि छाला सुख्खा बन्छ । सातामा एक पटक शरीरको माथिल्लो तहलाई उतार्नु आवश्यक छ । त्यसपछि मोइश्चराइजर प्रयोग गर्नु पर्दछ ।

चिसोमा ओठको सुरक्षा
ओठलाई मानिसको सौन्दर्यका एक प्रमुख अंगका रुपमा लिइन्छ । ओठलाई चम्किलो–रसिलो राखिराख्न प्रकृतिले यसको बाह्य सतहमा निकै पातलो तेलीय पत्रको व्यवस्था गरेको हुन्छ, जसलाई जाडो यामको हावाले सुक्खा बनाइदिन्छ । जाडोमा ओठ फुट्नुको मूल कारण यही हो । जिब्रोले ओठलाई छोइरहने कतिपयको बानीले पनि ओठ फुट्छ । यस्तो अवस्थामा अम्लीय पदार्थको प्रयोग गर्दा ओठ अझ् फुटेर रातो हुने, रगत निस्कने, सुन्निने, चिरा जस्ता समस्या देखिन्छ । च्यापस्टिक वा लिपस्टिक लगाउँदा अस्थायी निराकरण हुन्छ । ओठको बाह्य झिल्लीलाई रसिलो बनाइराख्न मह, घ्यू र नरिवलको तेल लगाउँदा हुन्छ । चिसो मौसममा झोलिलो पदार्थ प्रशस्त खानुपर्छ ।

हातखुट्टाको छालाको सुरक्षा
हातखुट्टाको छाला बाक्लो हुन्छ । छाला फुट्छ पनि । हातगोडा फुट्न नदिन एक्कासी धेरै तातो वा चिसो पार्नुहुँदैन । लामो समय पानीको काम गर्दा जस्तै भाँडाकुँडा धुँदा तातो वा चिसो सधैं एकैखालको पानी चलाउनु राम्रो हुन्छ । पञ्जा लगाउँदा राम्रो हुन्छ । छालालाई सुख्खा हुन नदिन भ्यासलिन सहयोगी हुन्छ ।

प्रकाशित : २० पुस २०७७, सोमबार ००:००